सरकारले दूधको मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले पछि तय गर्नेछ ।
दूधको मूल्य फ्याट र एसएनएफको आधारमा तय गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया