राजस्व छली गरी ल्याएको २ हजार ५ सय केजी सुर्तीको धुलो बरामद

लोकपथ
217
Shares

काठमाडौं । प्रहरीले राजस्व छली गरी सुर्तीजन्य पदार्थ तथा कस्मेटिक सामानहरू बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुशिबुस्थित घर भाडामा लिई भण्डारण गरी राखेको करिब ५० लाख रुपैयाँ मूल्यबराबरको ठूलो परिमाणको राजस्व छलीका सामान सोमबार प्रहरीले बरामद गरेको छ ।

रेड लेबललगायत विदेशी ब्राण्डका मदिराहरू राजस्व छलीसम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा गत शुक्रबार पक्राउ परेका सन्तोष चन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्नेक्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले सुर्तिजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू र विदेशी ब्राण्डका विभिन्न चुरोटहरू लगायत सामान बरामद गरेको हो ।

बरामद सामानहरूमा २ हजार ५ सय केजी सुर्तीको धुलो, ५ सय ८० केजी सुपरपावर सुर्तीको खोल, ब्रेस्टअप लेखेको १ कार्टुन, स्याम्पु तथा साबुनको ९७ कार्टुन, ओरिहेक्स प्लस तथा ओसिबि स्लिम लेखेको ३ बोरा, ७ सय ८५ बन्डल चुरोट र ३० पिस लेडिज कुर्ता सुरुवाल रहेका छन् ।

उक्त सामानहरू थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?