ललितपुरमा सहरी सुव्यवस्थापनको लागि सीसीटीभी जडान गरिने

लोकपथ
77
Shares

काठमाडौं । ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी सुव्यवस्थापनको लागि सीसीटीभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ ।

सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सीसीटीभी जडान गर्ने नीति लिएको बताए ।

उनले ललितपुर महानगरले महानगर भित्र महानगर तथा वडा स्तरमा समेत सीसीटीभी जडान र व्यवस्थापन गर्दै आएको बताए । मेयर महर्जनले सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताए ।

उनले महानगरले जडान गरेको सीसीटीभी नेपाल प्रहरीको केन्द्रीय सीसीटीभी प्रणालीमा जडान गर्नुपर्ने बताए । यस्तो गर्दा जडान भएका सीसीटीभीहरु निर्वाद रुपमा सञ्चालन हुन सक्ने मेयर महर्जनको भनाइ छ ।

उहाँले सीसीटीभी जडानको लागि महानगरपालिकाले २ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको बताए । अब स्थानीय निकायहरु नयाँ नयाँ प्रविधिअनुसार चल्न सक्नुपर्ने पनि मेयर महर्जनले बताए ।

मेयर महर्जनले भने, ‘महानगरपालिकाको यस भन्दा अगाडि देखि विभिन्न स्थानमा सीसीटीभीको व्यवस्थापन गर्दै आएको छ । वडा स्तरमा समेत यस्तो योजना बनाएर काम गरेका छौँ । महानगर स्तरिय समेत महानगरले सिसिटिभिको व्यवस्थापन गरेका छौँ । यस अगाडि बल्खुदेखि सानेपा हुँदै एकान्तकुना सम्मको सडकमा सिसिटिभी व्यवस्थापन गरिसकेका छौँ । यसले सुरक्षाको सन्र्दभमा महानगरले प्रहरी परिसरसँग नजिक बसेर काम गदै आएका छौँ । महानगरको सडकमा सिसिटिभि जडानको योजना छ । त्यो ललितपुर महानगर क्षेत्रमा स्मार्ट लाइटको व्यवस्थापन गरेका छौँ । नगरपालिकाको चार वटा रुटमा गत वर्ष नै स्मार्ट लाइट लाइट जडान गरेका छौँ । महानगरेको अबको नीति भनेको जुन स्थानमा स्मार्ट लाइट जडान भएको छ। त्यी स्थानहरुका महानगरले सिसिटिभिको पनि व्यवस्थापन गर्ने नीति लिएको छ । यही नीति अन्र्तगत यो पटक महानगरको महासभाले पारित गरेर २ करोड बजेट विनियोजन गरेर बजेट व्यवस्थापन गरेका छौँ । महानगरपालिका जन निर्वाचित संस्था भएकाले सिसिटिभि २१औँ शताब्दीको समयमा नयाँ प्रविधिको अनुसार चल्नु पर्ने देखिन्छ । महानगरले जडान गर्ने सिसिटिभि नेपाल प्रहरीको केन्द्रीय सीसीटीभी प्रणालीसँग जडान गर्नुपर्छ । यसको व्यवस्थापन पनि त्यहीअनुसार हुनुपर्छ। केन्द्रीय प्रणालीसँग जोडियो भने धेरै समयसम्म टिकाउ हुन्छ । त्यहीअनुसार महानगरले प्रहरीसँग सहकार्य गरेको छौँ। यो सीसीटीभी जडान महानगरको भिभिआइपी सडकहरुमा जडान गर्ने हुँदा प्रहरीको सीसीटीभी केन्द्रीय प्रणालीसँग जडान हुनेगरी व्यवस्थापन गर्नुपर्ने भएकाले जडानको पाँच वर्षसम्म निर्वाद रुपमा सञ्चालन हुन्छ । महानगरले स्मार्ट लाइट जडानको लागि ठेक्का भइसकेको छ। अहिले सीसीटीभी जडान भएका स्थानमा यस्तै अन्य योजनाहरु अगाडी बढाउने महानगरको योजना छ ।’

त्यस्तै महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले सिसिटिभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्नअंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग अवश्यक गर्ने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले भने, ‘अहिले सुरक्षाको लागि स्थानीय सरकार अभिन्न अंग हो । त्यसैले प्रहरीले गर्ने हरेक पलमा स्थानीय सरकारको साथबिना काम गर्न कठिन हुने भएकाले स्थानीय सरकारको सहयोगको अपेक्षा गरिन्छ । ललितपुर महानगरपालिकाले विभिन्न स्थान सीसीटीभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । नगरपालिकाका मेयर महर्जनबाट जुन पहल भएको छ त्यो सुरक्षा र अन्य विभिन्न कुराले महत्वपूर्ण छ । यो सीसीटीभी जडान राम्रोसँग गरिने छ । सीसीइ क्यामेरा मात्रै नभएर अन्य विविध कुरामा महानगरपालिकाबाट प्रहरीले सहयोग पाएको छ। महानगरपालिकाबाट यस्ता सहयोग धेरै भइसकेका छन । अझै सहयोगको अपेक्षा प्रहरीले गर्छ । यो सहयोगले महानगरको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।’

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड रुपैया दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण काम भएको बताए । उनले सडकमा सीसीटीभी जडान कार्यले सुरक्षा र अन्य विभिन्न कुराको लागि महत्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?