परीक्षणसँगै घटे कोरोना संक्रमित, थप ५ हजार २ सय ९२ जनामा संक्रमण (तथ्यांकसहित)

लोकपथ
294
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १६ हजार ८८ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ७२ जनाको पीसीआर र १ हजार ८ सय २० जनामा एन्टीजेन पोजेटिभ देखिएको हो ।

पछिल्ला केही दिनमा नेपालमा परीक्षण घटेसँगै संक्रमितको संख्यामा समेत कमि आएको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ७९ हजार २ सय ७२ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?