काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख डोज कोरोनाविरुद्धको खोप हराएपछि छानबिनका लागि तथ्यांक माग गरेको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा माघ १६ गते बसेको मन्त्रीस्तरीय बैठकले देशभरबाट तथ्यांक उपलब्ध गराइ त्यसबारे छानबिन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया