संविधानको धारा बङ्ग्याएर निर्वाचन रोकिनुहुन्न : भीम रावल

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा बङ्ग्याएर कुनै पनि हालतमा निर्वाचन रोक्न नहुने बताएका छन् ।

सोमबार दिउँसो रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरि स्मृतीपत्र जारी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

‘कानुन र संविधानको धारा बंग्याएर कुनै पनि निर्वाचन रोकिनुहुन्न भन्ने कुरामा म प्रष्ट छु ।’ उनले भने ।

नेता रावलले निर्वाचन लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भएकोले कुनै पनि हालतमा निर्वाचन रोकिन नहुने बताएका हुन् ।

अत्यन्तै शंवेदनशील भूपरिवेष्ठित राष्ट्रको रुपमा रहेको र दक्षिण एशियाली क्षेत्रमा शक्ति राष्ट्रहरुबीच प्रतिष्पर्धाको होड चलेको बताउँदै एमसीसी त्यसै अन्तर्गत आउन लागेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?