बोल्नै नसक्ने अवस्थामा गोविन्द केसी

काठमाडौँ, २६ असोज-चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । अनशनको छैटौँ दिनसम्म शुभेच्छुकमाझ बोलचाल गरेका केसी सातौँ दिन (बुधबार) देखि बोल्न नसक्ने अवस्थामा पुगेका हुन् ।शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले बताएका छन् ।केसीको शरीरमा पानीको मात्रा कम भएपछि २४ घन्टाको अवधिमा ६ वटा स्लाइन पानी दिन थालिएको छ । सहयोगीका अनुसार उनलाई बुधबार दिउँसोबाट अत्यधिक छाती दुखेको छ । जसले श्वासप्रश्वासमा पनि समस्या भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले केसीलाई नबोल्न सुझाब दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?