नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएको बताएका छन् । उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् ।
‘कुनै भ्रममा नपरौं, प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले ट्वीटरमा भनेका छन् ।
उनले यथास्थितिमा माओवादी त्यसको पक्षमा नरहेको पनि स्पष्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया