आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
105
Shares

१. आज सहिद दिवस : सहिदहरूको त्याग, तपस्या र बलिदानलाई स्मरण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा श्रद्धाञ्जली अर्पण, आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदहरूको स्मरण ।

२. राजनीतिक आन्दोलनका सहिदहरूको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, सहिदहरूको परिकल्पनाअनुसारको राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्नेमा जोड

३. कोभिड संक्रमित हुँदाहुँदै कार्यक्रममा सहभागी भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी, संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्न माग ।

४. आइतबार देशभर थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त, ३२ जनाको मृत्यु ।

५. माघ २१ गते देशभर प्रदर्शन गर्ने मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको निर्णय, एमसीसी र भारतले गरेको सीमा अतिक्रमणलगायतको विरोधमा प्रदर्शन गर्ने ।

६. सरकारका भौतिक सम्पत्तिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, सरकारी संरचनाहरू नियमविपरीत निजी क्षेत्रलाई दिएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी ।

७. राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता हुने, समसामयिक राजनीतिक विषयवस्तु र स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने ।

८. वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्न ‘कल सेन्टर’ स्थापना, कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको प्रतिबद्धता ।

९. मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम सुरु भइसकेको खानेपानीमन्त्री उमाशंकर चौधरीको भनाइ, आगामी चैत मसन्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याइने ।

१०. स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ, ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त ।

११. आइतबार नेपाली सेयर बजारमा उछाल, नेप्से १०५ अंकले बढ्दा ६ अर्ब ३२ करोडको कारोबार, १३ वटै उपसमूहमा हरियाली ।

१२. गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि इटालीका राष्ट्रपति मटारेला दोस्रो कार्यकालका लागि निर्वाचित, ८० वर्षीय मटारेलाले सात वर्ष नेतृत्व गर्ने ।

१३. इन्स्टाग्राममा ‘रअ मिट एक्सपेरिमेन्ट’ च्यालेन्ज, ७९ दिनदेखि काँचो मासु, अण्डा र दुध खाएको भिडियो भाइरल बन्दै ।

१४. एभीसी सेन्ट्रल जोनको फाइनल खेलमा चोट बोकेकी राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको शल्यक्रिया गरिँदै, सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भोलि शल्यक्रिया हुने ।

१५. र वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको सेमिफाइनलको समीकरण पूरा, अन्तिम क्वाटरफाइनलमा भारतद्वारा साबिक विजेता बंगलादेश ५ विकेटले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?