कोरोना अपडेट : संक्रमितभन्दा संक्रमणमुक्त बढी, ३२ जनाको मृत्यु

लोकपथ
623
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सो अवधीमा ३ हजार ५ सय ४० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

देशभर गरिएको १३ हजार १ सय ४५ परीक्षणमा ३ हजार ५ सय ४९ जनाको पीसीआर र ४ सय ९१ जनाको एन्टिजेन पुष्टि भएको हो ।

त्यसैगरी देशभरबा थप ३२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?