काठमाडौं । नेपाल बार एशोशियसनले तोकिएकै मितिमा तीनै तहको निर्वाचन कुनै पनि हालतमा रोकिन नहुने बताएको छ ।
बारले आज विज्ञप्ति जारी गर्दै कुनै आग्रह, पूर्वाग्रह तथा प्रतिकुलतालाई विचार गरेर निर्वाचन गर्ने वा नगने भन्ने विषय हुन नसक्दै बताउँदै कुनै बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउनु कानुन र विधिको शासनको उपहास हुने बताएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘ कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’
त्यसैगरी नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनका आधारमा सबै तहको निर्वाचन सयममा नै सम्पन्न गरी लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्न सरकारसँग अपील समेत गरेको छ ।
‘नेपालको संविधान र प्रचलित निर्वाचन सम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरि लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपिल समेत गर्दछौं ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया