१३ चैत्र २०७९, सोमवार

अब राष्ट्रिय दल कति ? समानुपातिकमा सिट ल्याउन कति मत चाहिन्छ ?

२०७४,आश्विन,२६,बिहीवार ०२:१८

0
Shares

काठमाडौँ, २६ असोज- स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल बन्न सक्ने पूर्वआयुक्त दोलखबहादुर गुरुङको विश्लेषण छ ।नयाँ पत्रिकाको अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा र बढीमा फोरम लोकतान्त्रिकले समानुपातिकमा ३ प्रतिशत कटाउन सक्छन् । त्यसो हुँदा यी दल राष्ट्रिय दल बन्न सक्नेछन् । तर, प्रत्यक्षमा एक–दुई सिट जित्न सक्ने नेमकिपाजस्ता दलले समानुपातिकमा ३ प्रतिशत ल्याउन नसक्ने हुँदा राष्ट्रिय दल बन्न गाह्रो छ ।प्रतिनिधिसभामा समानुपातिकतर्फ सिट ल्याउन कम्तीमा तीन प्रतिशत अर्थात् २ लाख ७३ हजार मत कटाउनुपर्छ । त्योभन्दा कम मत ल्याउने दल समानुपातिकको वितरण प्रणालीबाट बाहिर हुनेछन् । स्थानीय तह निर्वाचनमा १ करोड ४१ लाख मतदातामध्ये ९१ लाख २६ हजार मत खसेका थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि १ करोड ५४ लाख मतदाता रहेकाले मत पनि बढी खस्नेछ । यस्तो अवस्थामा दलले समानुपातिकमा सिट दाबी गर्न पनि अझ बढी मत ल्याउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६