काठमाडौं । प्रहरीले कोरोना महामारीको बेला जोखिम मोलेर यात्रा गरिरहेका पैदलयात्रुहरुलाई मास्क वितरण गरेको छ ।
‘समुदाय प्रहरी, साझेदारी कार्यक्रम’ अन्तर्गत ट्राफिक प्रहरीले जडिबुटी चोकमा पैदल यात्रीलाई माक्स वितरण गरेको हो ।
कोरोना महामारीबाट नागरिकहरुलाई जोगाउन प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक रामकृष्ण देवकोटा आफैँ मास्क वितरणमा खटिएका छन् ।
नागरिकको जीउ ज्यानको सुरक्षा नै प्रहरीको पहिलो कर्तव्य भएको बताउँदै आफूहरुले पैदल यात्रुलाई मास्क वितरण गरेको उनले बताए । ‘नागरिकको जीउज्यानको सुरक्षा नै प्रहरीको पहिलो कर्तव्य हो । जोखिमकाबीच हिँडिरहेको पैदल यात्रुलाई सुसुचित गर्न समेत मास्क वितरणमा लागेका हौँ ।’ उनले भने ।
यसअघि पनि प्रहरी प्रभाव कोटेश्वरले कोरोना महामारीका बेला विभिन्न सन्देशमुलक कार्यक्रम गरी नागरिकहरुलाई सुसुचित गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया