छुट्टाछुट्टै सवारी दुर्घटना : ५ जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ शिवपुरी चोकस्थित सडकमा बा.६५ प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका अतरखेल बस्ने भारत बिहार घर भएका ३८ वर्षीय बिरेन्द महतोको शनिबार राति मत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका-९ नलिनचोकस्थित सडकमा बा.५ ख ३०२० नम्बरको बसले बा.७० प ९१३८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार भक्तपुर नलिनचोक बस्ने दोलखा गौरीशंकर गाउँपालिका-५ डाँडागाउँ घर भएका ४० वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१ रुपनीस्थित सडकमा स.१ त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरका चालक सोही ठाउँ बस्ने ४० वर्षीय सत्य नारायण चौधरीको १० वर्षीय छोरा नितेष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा ना.७ ख ७५३ नम्बरको बसले ना. २९ प ४४९८ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका घारीबथान बस्ने २६ वर्षीय अरुण खड्कालाई गढिमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाईएको छ भने घाइते भएका बसमा सवार ५ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

म्याग्दी, रघुगगा गाउँपालिका-४ दग्नाम असिना भिर भन्ने स्थानमा ग-१ त ६०४४ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टरका सहचालक रोल्पा सुनछहरी गाउँपालिका-३ घर भएका १८ वर्षीय नरजित घर्ति मगरको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा गम्भीर घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?