मोरङको उखुबारीमा भेटिएको दुवै शवको पहिचान खुल्यो

लोकपथ
1.3k
Shares

काठमाडौं । मोरङ थानपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको दुवै शवको पहिचान खुलेको छ ।

उखुबारीमा खाल्डोबाट निकालिएको दुवै जना एक अर्काको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

बुधबार राति प्रहरीले एक जनाको शव फेला पारेको थियो भने बिहीबार दिउँसो अर्को व्यक्तिको शव सोही उखुबारीबाट उत्खनन् गरेको थियो ।

बुधबार निकालिएको शव सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ३ घर भइ हाल काठमाडौं बस्दै आएका शम्भु चौधरी र बिहीबार निकालिएको शव धरान उपमहानगरपालिका वडा नं ३ घर भइ हाल भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ रहेको कागजातबाट पत्ता लागेको छ ।

प्रहरीका अनुसार दुवै जना जग्गाको कारोबार गर्ने र एकै समयमा सम्पर्कविहिन रहेका थिए । उनीहरुको हत्या विराटनगर वा अन्य ठाउँ कहाँ भयो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ । साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?