बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्यबराबरको धनमाल क्षति भएको छ । स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भई अचानक आगलगी हुँदा करिब रु पाँच लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया