काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर गरिएको १४ हजार ५ सय ६२ परीक्षणमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख ४८ हजार ३ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ३ पुगेको छ ।
हाल देशभर ८७ हजार ३ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया