तेह्रथुम प्रशासनको सेवा स्थगन २२ गतेसम्म थपियो

लोकपथ
0
Shares

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।

कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?