१२ जेष्ठ २०७९, बिहीवार

‘गो ब्याक चाइना’काे नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिकाे पुतला दहन

२०७८,माघ,१४,शुक्रवार १९:०६

1.35k
Shares

काठमाडौं । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ। पर्साकाे वीरगञ्जस्थित घण्टा घरमा भएको प्रदर्शनको क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको छ।

प्रदर्शनकाे क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा समेत लगाएका थिए।

त्यस्तै, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर पनि चीनविरुद्ध नारा लगाइएकाे थियाे।

अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएकाे प्रदर्शनमा चिनियाँ चिनियाँ राष्ट्रपति सी चिङपिङकाे पुतला पनि दहन गरिएकाे छ ।

पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार १९:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ । अनुशासन विभागका

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका

रसुवा । रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।

ताजा समाचार

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५