१० जेष्ठ २०७९, मंगलवार

मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैन : कप्तान किरण

२०७८,माघ,१४,शुक्रवार १८:३१

243
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)ले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन् ।

खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै ३२ वर्षीय कप्तान किरणले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने र यसबाट धेरै सिक्नुपर्ने प्रतिक्रिया दिए ।

‘मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिनु हुँदैन । नतिजा पनि चाहिन्छ । यसबाट हामीले सिक्नु पर्नेछ । हामी तयारी छौं,’ नेपालका सर्वाधिक क्याप जित्ने खेलाडी समेत रहेका किरणले भने ।

नेपालले भोलि (शनिबार) दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दोस्रो खेल मंगलबार हुनेछ । दुवै खेल झास पौने ५ बजे सुरुहुनेछ ।

यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलका लागि फरक टोली घोषणा गर्दै ३४ खेलाडीनै अवसर दिएका छन् । उनले दुवै टोलीमा १२ खेलाडीलाई मात्रै मौका दिएका छन् ।

कप्तान किरण भने दुई दिन अघिमात्रै मालदिभ्सबाट टोलीमा जोडिएका थिए । मालदिभ्स क्लब माजिया एससीमा आबद्ध किरणले दुई दिनको प्रशिक्षण हेर्दा खेलाडी फिट रहेको र लिग खेलिरहेका कारण पनि खेलाडी शारीरिक र मानसिक रूपमा फिट भएको प्रतिक्रिया दिए ।

‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ किरणले भने ।

यस्तै कप्तान किरणले मौरिसस पहिलो अफ्रिकन प्रतिद्वन्द्वी भएको र जितका लागि खेल्ने बताए । ‘इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं । फरक अनुभव हुनेछ । हाम्रो टिम तयार छ । हामी जित्नकै लागि खेल्छौं,’ उनले भने ।

यता, प्रशिक्षक अब्दुल्लाह भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनको स्थान सहायक प्रशिक्षक किरण श्रेष्ठले लिएका थिए ।

उनले मौसिससँग टोली तयारी रहेको र पुराना गल्ती सुधार गर्दै जितका लागि खेल्ने बताए ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार १८:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । युवा तथा खेलकुद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायर नेपाली समयअनुसार

काठमाडौं । आउँदो ६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१