संसदीय सुनुवाइसम्बन्धी पुस्तिका प्रकाशित गर्न निर्देशन

लोकपथ
143
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइसम्बन्धी पुस्तिका नै प्रकाशित गर्ने भएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाइसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।

समितिको काम प्रभावकारी बनाउने गरी त्यससम्बन्धी विगतका कामहरुको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।

उनले भने, ‘नेपालको संसदमा संसदीय सुनुवाइको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाइसम्बन्धी भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न र समितिमा पेस गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

सभापति कर्णले संसदीय सुनुवाइ समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताए । संसदीय सुनुवाइ समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठ्ने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?