परीक्षणसँगै घटे कोरोना संक्रमित, थप ६८ सय २७ जनामा संक्रमण (तथ्यांकसहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १९ हजार ८ सय ६९ जनाको परीक्षण गर्दा ४ हजार ८ सय ७ जनाको पीसीआर र २ हजार २० जनाको एन्टीजेन पुष्टि भएको हो ।

बिहीबारको तुलनामा आज परीक्षणको दर घटेसँगै कोरोना संक्रमितको संख्यामा समेत कमि आएको हो । यसअघि बिहीबार २१ हजार ८ सय ८ जनाको परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४२ हजार ४ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप १० जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ६ सय ९७ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?