नेपाली कांग्रेसको कार्यसम्पादन समिति गठन, को को समेटिए ?

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति गठन भएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।

४६ जनाको कार्यसम्पादन समिति हुने वैधानिक व्यवस्था भए पनि हाललाई ३७ सदस्यीय समिति गठन गरिएको हो । केन्द्रीय समिति बैठकमा सभापति देउवाले गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

उक्त समितिमा सभापति देउवासहित १३ पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरु समेत समेटिएका छन् । कांग्रेसको विधान अनुसार पदाधिकारीसहित प्रवक्ता समेत उक्त समितिको स्वतः सदस्य रहने व्यवस्था रहेको छ । हाल कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । त्यसबाहेक समितिमा ३१ जना रहनेछन् । हाल ३५ जनाको समिति गठन गरिए पनि बाँकी ११ जनालाई मनोनित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?