नुवाकोट पञ्चकन्या भत्ता गायब प्रकरण : वडा सचिवसहित ३ जनाविरुद्ध उजुरी

लोकपथ
910
Shares

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं २ को कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको रकम गायब भएको प्रकरणमा तीन जनाविरुद्ध आरोपपत्र दायर भएको छ ।

उक्त प्रकरणबारे छानबिन गरिपाउँ भनि परेको निवेदनका आधारमा वडासचिव सरिता राउत, कार्यालय सहायक राजकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध आरोप पत्र दायर भएको हो ।

उनीहरुविरुद्ध ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ बिगो रकमसहित भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम शुक्राबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
२०७७ साल चैत २४ गते वडा कार्यालयबाट रातको समयमा हराएको उक्त रकम वडासचिव राउत र कार्यालय सहायक गिरिले बैंकबाट उक्त रकम ल्याएको र उनीहरुसहित कार्यालय सहयोगी मिश्रको रोहोवरमा राखिएको तथ्य पुष्टि भएको अख्तियारले जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी उक्त रकम राखिएको दराजको चाबी राउत र गिरीसँग र ढोकाको चाबी मिश्रसँग बोकेको तर घटनापश्चात चाबी लगाएको तोडफोड समेत नभएको र सुरक्षाको लागि समन्वय समेत नगरिएको अख्तियारको ठहर रहेको छ ।

वडा कार्यालयमा नै उक्त रकम राखि गएको र तीन जना (राउत, गिरी र मिश्र) ले सरकारको सम्पती बद्नियत गरी हानीनोक्सानी गरेको भन्दै उनीहरुविरुद्ध उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?