कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

लोकपथ
234
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भर्चुअल माध्यमबाट पार्टीको केन्द्रिय कार्यालय सानेपामा सुरु भएको हो ।

सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ४० नेतालाई समेट्ने गरी केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?