धनराजको त्यो भाषण : बाहिर वाहवाही, पार्टीमा आलोचना (भिडियोसहित)

लोकपथ
2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा पार्टीभन्दा पनि असल नेता छानेर भोट दिनुपर्ने बताएका छन् ।

निर्वाचनमा कित्ताकाट गरेर भोट दिँदा देश नबन्ने भन्दै उपसभापति गुरुङले निर्वाचनमा जुन दलको भए पनि राम्रो नेता छानेर भोट दिनुपर्ने बताएका हुन् ।

उनले एक सार्वजनिक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

पार्टीको उपसभापतिले कांग्रेसलाई भोट माग्नुको साटो नेता छनोट गरेर भोट दिनुस् भन्दै गरेको भाषणले पार्टीमा असर पुग्ने भन्दै आलोचना गरिरहेका छन् । भने कतिपयले भने उनको भनाइ स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन् ।

एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘जो नेता राम्रो त्यसलाई भोट दिने । नेकपा एमालेबाट राम्रो मान्छे उठ्यो भने त्यसैलाई भोट दिने । कांग्रेसबाट राम्रो मान्छे उठ्यो भने त्यसैलाई भोट दिने हो । पार्टीको कित्ताकाट गर्दाखेरी यो देश बन्दैन । पार्टीको कित्ताकाट नगरौँ । जो राम्रो नेता आउँछन् त्यसैलाई मतदान गर्ने हो । चाहे कम्युनिष्ट आउस्, चाहे कम्युनिष्टको आवस्, चाहे राप्रपाको आवस्, चाहे जसपाको आवस्, चाहे लोसपा र नेकपा एसको आवस्, । राम्रो मान्छे नेपाली जनताको कुरा उठाउन सक्ने मान्छे सदाचारी मान्छे र सदाचारी मार्गमा हिड्ने मान्छे जो आउँछ उसैलाई मत दिए हुन्छ ।’

गुरुङले नेपाली कांग्रेसमा प्रखर वक्ताको रुपमा छवी बनाएका छन् । तर पछिल्लो भाषणले पार्टीलाई घाटा पर्ने भन्दै कतिपयले आलोचना गरिरहेका छन् । तर पार्टी अन्य दलमा आस्था राख्ने तथा नेता कार्यकर्ताहरुले उनको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?