१३ जेष्ठ २०७९, शुक्रवार

मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

२०७८,माघ,१४,शुक्रवार १४:३६

135
Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।

वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।

विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरेको कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए । वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार १४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्राइँले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५