१० जेष्ठ २०७९, मंगलवार

अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

२०७८,माघ,१४,शुक्रवार १३:१६

99
Shares

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

सुरुआती दुई सेट क्रमशः ६-३ ६-२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३-६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६-३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।

नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए ।

दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार १३:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । युवा तथा खेलकुद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायर नेपाली समयअनुसार

काठमाडौं । आउँदो ६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको

ताजा समाचार

सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३