देउवासँग प्रचण्ड र नेपालको भेट, के–के भयो कुराकानी ?

लोकपथ
585
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

आज (शुक्रबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलका लागि लागि प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए ।

छलफलका क्रममा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थानीय तहको निर्वाचनको सन्दर्भमा ऐन संशोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

त्यसैगरी सोही विषयमा छलफल गर्न शनिबारका लागि सत्तारुढ गठबन्धनको बैठक समेत बोलाइएको छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटघाट गरेका थिए । भेटघाटका क्रममा राष्ट्रपति भण्डारीले तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गरेकी थिइन् ।

त्यसो त स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । दिउँसो ३ बजे कांग्रेस केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?