बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट किस्पाङका एक जना पक्राउ

लोकपथ
707
Shares

नुवाकोट । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नुवाकोट किस्पाङ गाउँपालिका वडा नं ३ अर्काबेशीका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका-३ अर्काबेशी बस्ने २० वर्षीय परिमान तामाङ रहेका छन् । उनले सोही ठाउँकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

तामाङले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किस्पाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?