पर्वतको मालढुंगामा अस्थायी प्रहरी पोष्टको स्थापना

लोकपथ
336
Shares

पर्वत । कुश्मा नगरपालिका-१ मालढुंगामा अस्थायी प्रहरी पोष्ट स्थापना गरी बिहीबारबाट सेवा शुभारम्भ गरिएको छ ।

पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बिहीबार आयोजित कार्यक्रममा उक्त पोष्टको उदघाटन गरेकी हुन् ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष वीरेन्द्र रिजाल, मालढुङगा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधिहरु, स्थानीयबासीहरुको उपस्थितिमा रहेको थियो ।

बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको मिलन विन्दु रहेको तथा सो लोकमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न उक्त अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?