काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाखबराबरको घातक रोगविरुद्धको दाबी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको छ ।
खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बितेलगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरुको रक्षावरण हुनेगरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशुल्क रकममा थप १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोगबापतको बीमाङ्क १० लाख खत्रीलाई हस्तान्तरण गरेको हो ।
उक्त दाबीपश्चात् पनि उनको पोलिसीमा घातक रोगबाहेको सम्पूर्ण सुविधा यथावत रही निरन्तर रहनेछ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, दाबी विभागका प्रमुख राजु राजचल र दाबी विभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चेक हस्तान्तरण गरेका थिए ।
घातक रोगविरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उनको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको कुरा प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी गराए ।