‘बहाना वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हो’

लोकपथ
221
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले तीनै तहको निर्वाचन समयमा नै हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता थापाले संविधानले तीन तहको निर्वाचित सरकारको व्यवस्था गरेको बताउँदै कुनै पनि तहमा प्रतिनिधिबिहीन बनाउन नहुने बताए । संविधानमा व्यवस्था भए अनुसार नै पदावधी समाप्त हुनु अगावै निर्वाचन हुनुपर्नेमा नेता थापाको जोड रहेको छ ।

‘संविधानमा तिनतहको सरकारको व्यवस्था छ।कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन।यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो।’ नेता थापाले भने ।

गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन पुनः आगामी वैशाखमा सम्पन्न हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर पछिल्लो समय आगामी वैशाखमा निर्वाचन गर्ने भन्ने विषयमा दलहरुबीच एकमत हुन सकेको छैन ।

नेता थापाले कुनै पनि बहाना खोजेर वा संविधानमा छिद्र खोजेर चुनाव टार्न नहुनेमा जोड दिए ।

‘कुनैपनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?