१२ जेष्ठ २०७९, बिहीवार

प्रधानन्यायाधीशले बाेलाए न्याय सेवा आयाेगकाे बैठक

२०७८,माघ,१४,शुक्रवार ०८:०५

63
Shares

नेपाल बार एसाेसियसनकाे लगातारकाे आन्दाेलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।

यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दैनबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २ बजेका लागि बैठक बाेलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयाेगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजकाे बैठकको छ ।

 

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार ०८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशका ११ वटै उपमहानगरको अन्तिम मतपरिणम सार्वजनीक भइसकेको छ । यस पटक नेपाली कांग्रेस र एमालेले समान ३/३

लमजुङ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृतमार्फत

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई हराउँदै एमालेबाट प्रमुखमा टीकाराम खड्का र

ताजा समाचार

कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२