१० जेष्ठ २०७९, मंगलवार

क्यानले गर्यो क्रिकेट खेलाडीको बर्गीकरण, सन्दीपसहित पाँच जना ग्रेड ए मा

२०७८,माघ,१३,बिहीवार २२:१७

63
Shares

नेपाल क्रिकेट संघले खेलाडीको बर्गीकरण गरेको छ। बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ ।

पुरुष खेलाडीहरू तर्फ ग्रेड ए – सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड बि – कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ महिला खेलाडीहरू तर्फ ग्रेड ए – रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड बि – सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे ग्रेड सी-डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेको क्यानले जनाएको छ।

त्यस्तै बैठकले  चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ।

त्यस्तै क्यानको वार्षिक साधारण सभा आगामी  फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरु

प्रकाशित मिति: २०७८,माघ,१३,बिहीवार २२:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनको नारायणी नदी पुलमा ट्रक पल्टिएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक

चौतारा । सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहमा निर्वाचित ११ नगर-पालिकाका प्रमुखहरूले शपथग्रहण गरेका छन् । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत

सुनसरी । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन्

जुम्ला । जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ

ताजा समाचार

सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:५१
आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३
सलमान खान नेपाल नआउने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:३७
पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५