देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : अध्यक्ष यादव

लोकपथ
52
Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन् । अध्यक्ष यादवले निजी क्षेत्रको लगानीमा निर्माण भएको १०० शय्याको सेन्ट्रल अस्पतालको धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा आज उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि यस अस्पतालको योगदान रहने विश्वास व्यक्त गरे। उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले तीनै तहका सरकारले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ आफूले नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीतिअनुसार प्रत्येक पालिकामा अस्पताल निर्माण हुन लागेकामा खुसी व्यक्त गरे । उनले विगतमा आफूले सोही स्वास्थ्य नीतिअनुरूप नेपालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारसँग आग्रह गरे ।

उनले अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य उपचारको अभाव रहेको बताउँदै समयमा निजी क्षेत्रबाट गरिएको यस प्रकारका कामको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?