१० जेष्ठ २०७९, मंगलवार

काठमाडौँको शङ्खरापुरमा मृत भेटिए दम्पती

२०७८,माघ,१३,बिहीवार २१:१२

45
Shares

काठमाडौँको शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी वाइवा थिङ झ्याल, ढोका बन्द रहेको कोठामा मृत भेटिएको वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

मृतक दम्पतीको शरीरमा कुनै चोटपटक नभेटिएकाले कोइला बाल्दा झ्याल, ढोका बन्द गरिएकाले निसास्सिएर निधन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । थिङ दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वृत्तले जनाएको छ । घटनास्थलमा आज वृत्त र महानगरीय प्रहरी प्रभाग साँखुको प्रहरी टोलीले अनुसन्धान गरी शव परीक्षणका लागि महाराजगञ्ज पठाएको हो ।

प्रकाशित मिति: २०७८,माघ,१३,बिहीवार २१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरकाे २३ वटा वडाको मत गणना सिकएकाे छ । २३ वडाकाे मतगणना सकिँदा १ लाख ५७ हजार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्मे बिक्री गरेको ऋणपत्र आज बाँडफाँट भएको छ ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१