१० जेष्ठ २०७९, मंगलवार

क्रिकेट रङ्गशाला अलपत्र पर्दैन : मन्त्री गहतराज

२०७८,माघ,१३,बिहीवार २०:१५

108
Shares

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका हुन् ।

नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रङ्गशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रङ्गशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले यो परियोजना स्थानीयस्तरबाट सम्पन्न गर्न कठिन हुने भएकाले यसको नेतृत्व सङ्घीय सरकाले लिएर सम्पन्न गर्नुपर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको हालसम्मको संक्षिप्त विवरण पेश गर्दै सो को दीर्घकालीन व्यवस्थापन गर्नका लागि महानगरपालिकाको स्रोत, साधन र क्षमताले नभ्याउने भएकाले सङ्घीय सरकारको निर्णय आवश्यक भएको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य, राजनीतिक दलका जिल्लास्थित प्रमुख एवं प्रतिनिधि, उद्योगी व्यवसायी, खेलप्रेमीलगायतले सुझाव दिँदै यो आयोजना सङ्घीय सरकारले सम्पन्न गरेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । वक्ताले आर्थिक विषय सार्वजनिक गर्नुपर्नेमा जोड दिएपछि फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले केही दिनभित्रमा नै आयव्यय सार्वजनिक गर्ने बताए। यो आयोजना विशेष परिस्थितिका कारण सम्पन्न गर्न नसके पनि आर्थिकरूपमा पारदर्शी गरिएको उनको भनाइ थियो ।

भरतपुरमा निर्माणाधीन रङ्गशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ । फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०७८,माघ,१३,बिहीवार २०:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । युवा तथा खेलकुद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायर नेपाली समयअनुसार

काठमाडौं । आउँदो ६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४