१० जेष्ठ २०७९, मंगलवार

एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति

२०७८,माघ,१३,बिहीवार २०:१४

99
Shares

पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ । रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत् सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाइते भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार भुजेल सामान्य घाइते भएको र उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नवीन लाभका अनुसार विद्युत् तारलाई पोलबीचमा छुट्याउने पिन इन्सुलेटरबाट तार चुँडियर भुइँमा झर्दा विद्युत् सट भएको हो । ओसिलो भुइँमा विद्युतीय तारले छुँदा गोठमा करेन्ट लागेको उनले जानकारी दिए । उक्त घरगोठ नजिकैबाट हाइटेन्सन लाइन लगिएको छ । घटनापछि अहिले मर्मतको काम सुरु भएको लाभले बताए ।

प्रकाशित मिति: २०७८,माघ,१३,बिहीवार २०:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन्

काठमाडौं । काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ

ताजा समाचार

सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००
नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक
 २०७९,जेष्ठ,१०,मंगलवार १६:५२
आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४९