आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
91
Shares

१. पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ८ हजार १७ जना नयाँ संक्रमित थपिँदा ५ हजार २ सय ९२ जना संक्रमणमुक्त

२. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाको तथ्यांक सही र तथ्यपरक भएको तथ्यांक विभागको दाबी, अबको २–३ महिनाभित्रै छुटेकाहरूको हकमा गणनापछिको सर्भेक्षण गरिने ।

३. राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता, आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी ।

४. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए भोलिका लागि केन्द्रीय कार्यसमिति बैठक, राष्ट्रियसभा निर्वाचनको समीक्षासहित स्थानीय तहको निर्वाचनबारे छलफल गरिने ।

५. सार्वजनिक कार्यक्रममा ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी, राज्यविरुद्धको कसुरमा अनुसन्धानको माग ।

६. राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई हराएर प्रतिगमनलाई परास्त गर्न सहयोग पुगेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाइ, आगामी निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड ।

७. भिजिट भिसामा विदेश पु¥याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउनेलाई कारबाही गर्ने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको चेतावनी, विदेश जाने नेपालीहरुलाई कम्पनी र कामको बारेमा बुझेर मात्र जान आग्रह ।

८. नेपालमा हालसम्म कोरोना भाइरसविरुद्ध तीन करोडभन्दा बढी डोज खोप लगाइयो, एक करोड ३७ लाखभन्दा बढी पूर्णखोप लगाइएको स्वास्थ्य मन्त्रालयको भनाइ

९. सोलुखोला दुधकोशी जलविद्युत् आयोजनाको सुरुङमा पुनः दुर्घटना, सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर भाँचिदा एक मजदुर बेपत्ता, एक जना घाइते

१० नेपाल र भारतबीच उडान संख्या थप हुने, दुई मुलुकबीच सातामा ५६ उडान संख्या पु¥याउने र दुवै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति ।

११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार, नेप्से ३ दशमलव ३३ अंकले बढ्दा कारोबार रकम ३ अर्बमा सीमित ।

१२. बाक्लो कुहिरोका कारण टोकियो नजिकैको ‘एक्सप्रेस वे’मा दुर्घटना, १२ वटा सवारीसाधन अड्किए, १९ जना घाइते ।

१३. गुगलका सीईओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा दायर, प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको आरोप ।

१४. मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश, त्रिभुवन आर्मी क्लब ४–३ गोल अन्तरले पराजित ।

१५. र वेस्ट इन्डिजले भारतविरुद्धको एकदिवसीय सिरिजका लागि ग¥यो टोली घोषणा, पहिलो एकदिवसीय सिरिज फेब्रुअरी ६ बाट सुरु हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?