६ महिनाभित्र मिडिया निपोज ग्रुप अफ कम्पनीले १ हजार युवालाई रोजगारी दिँदै

लोकपथ
3.4k
Shares

काठमाडौं । ‘देशमा भनेजस्तो काम नै पाइएन, विदेश जानु पर्‍याे’, अधिकांश युवाहरुको मुखबाट सुनिने गुनासो हो यो । अझ राम्रो जागिर भेटिएन भन्दै विदेशिने युवाहरुको आजभोलि लर्को लाग्ने गरेको छ ।

दक्ष जनशक्ति विदेशिनु देशको लागि निकै दुःखको कुरा हो ।

पछिल्लो २० वर्षको मात्रै उदाहरण हेर्ने हो भने देशको व्यवस्थामा धेरै परिवर्तन आयो, विभिन्न सरकार फेरिए, प्रत्यक सरकारले देशमै रोजगार दिने आश्वाशन दिए । तर त्यो कुरामा मात्रै सीमित भयो ।

मुलकको अर्थतन्त्रको मुख्य स्रोत आजसम्म पनि रेमिट्यान्स छ । यस्तो अवस्था सिर्जना भइरहेको बेला संखुवासभाका ३२ वर्षीय युवा सरोजजंग पोखरेलले ६ महिनाभित्रमा १ हजार जनालाई रोजगारी दिने तयारीमा छन् ।

मिडिया निपोज ग्रुप अफ कम्पनीका अध्यक्षसमेत रहेका पोखरेलले ६ महिनाभित्रमा १ हजार जनालाई रोजगारी दिने बताए ।

उनले नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने विषयलाई मुख्य योजना बनाएका छन् ।

उनले शिक्षा तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवी कामदार नेपालमै उत्पादन गरेर उनीहरुलाई नेपालमै रोजगारी सिर्जना गर्ने समेत बताएका छन् ।

साथै उनले आफुले गरेको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउन्डेसनलाई दिने पनि घोषणा गरिसकेका छन् । उनले भारत, अष्ट्रेलिया, क्यानडालगायतका धेरै देशहरुबाट सम्बन्धन लिएर फाउन्डेसन अगाडि बढ्ने बताए ।

फाउन्डेसनलाई विद्यालय, कलेज र देश विकासको लागि मूल आधार बनाएर अगाडि बढ्ने उनको योजाना छ । यसको साथै बुबआमा नभएका बालबालिकाहरुलाई स्नाकोत्तरसम्म निःशुल्क शिक्षा दिने योजनामा छन् उनी ।

स्वदेशमै कामदारहरुलाई सन्तुष्ट पार्न उनले कामदारहरुलाई आकर्षक तलबका साथै घर, गाडी र मोबाइलको सुविधा दिने पनि उनले बताएका छन् ।

उनले फाउन्डेसनले असहाय वृद्धरवृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?