देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

लोकपथ
143
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, शंखरापुर नगरपालिका-३ बोझेनी बस्ने ५२ वर्षीय पदम बहादुर थिङ र उनकै श्रीमती ४५ वर्षीया फुल मायाँ थिङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनीहरुले बुधबार राति कोठामा कोइला बाली झ्याल ढोका बन्द गरी सुतेको बुझिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागाझोलीस्थित सुनकोशी नदीको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिलाको शव बिहीबार फेला परेको छ ।

ओखलढुङगा, लिखु गाउँपालिका-४ मोसाबारीस्थित निर्माणाधीन सामुदायिक अस्पातलमा लेबर काम गर्ने दैलेख नोमुले गाउँपालिका(३ घर भएका ३१ वर्षीय मन बहादुर विक मोसाबारीस्थित बाटो नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, सागुरीगढी गाउँपालिका-३ ईनामे बस्ने ६० वर्षीय डिल्लीश्वर कुरुमवाङ ९लिम्बु० सोही गाउँपालिका-३ बरबोटेस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?