स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले बोलाए केन्द्रीय समिति बैठक

लोकपथ
546
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन देउवाले भोलि (शुक्रबार)का लागि बैठक बोलाएका हुन् ।

बैठक भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा राष्ट्रियसभाको निर्वाचनका बारेमा समीक्षासहित स्थानीय तहको निर्वाचनका बारेमा समेत छलफल हुनेछ ।

भोलिको बैठकबारे तयारी गर्न देउवाले आजै पदाधिकारीसँग छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?