ब्रेकअपपछि पार्टनरलाई मिस गर्दै हुनुहुन्छ ? यो टिप्स पढेर गर्नुहोस् जीवनमा नयाँ सुरुवात

लोकपथ
357
Shares

काठमाडौं । प्रेम जीवनको सबैभन्दा सुन्दर अनुभूति हो । मायामा सबै राम्रो लाग्छ तर जब आफूले माया गरेको मान्छे आफूबाट टाढा हुन्छन् तब सबै कुरा टुटेको महसुस हुन्छ।

आजकल जति चाँडो सम्बन्ध बन्ने गर्छन् त्यति नै सजिलै सम्बन्धहरु टुट्ने गरेका छन् । जोडीहरूबीच ब्रेकअप हुनु सामान्य भइसकेको छ ।

प्रायः प्रेमबाट सुरु भएको सम्बन्ध झगडामा समाप्त हुनेगरेका छन् ।

भ्रम, रिस वा अन्य कुनै कारणले जोडीहरु छुट्टिन्छन् तर ब्रेकअपपछि उनीहरुलाई त्यो पीडाबाट मुक्त हुन निकै गाह्रो हुन्छ । ब्रेकअपपछि तपाईँ आफ्नो पार्टनरलाई मिस गर्नुहुन्छ।

तपाईँ नयाँ सुरुवात गर्न पनि चाहनुहुन्छ, तर तपाईँको वरपरका चिजहरू र मानिसहरूले तपाईंलाई अनजानमा तपाईंको पार्टनरको बारेमा सोच्न बाध्य तुल्याउँछन्।

प्राय धेरै लामो समय बिताएपछि वा छोटो समयमै एक अर्काप्रति आशक्त भएका जोडीहरुलाई आफ्नो पार्टनर र सम्बन्धको बानी परेको हुन्छ जसका कारण टुटेको मुटुलाई सामान्य बनाउन र ब्रेकअपको पीडाबाट बाहिर आउन कोही–कोहीलाई वर्षौं पनि लाग्न सक्छ ।

विश्वमा यस्ता धेरै घटनाहरु घट्ने गरेका छन् जसमा ब्रेकअपपछि प्रेमी वा प्रेमीकाले आत्महत्यासम्म गर्नेगरेका छन् ।

यदि तपाईँ पनि तपाईँको पूर्वप्रेमी वा प्रेमिकालाई मिस गर्नुहुन्छ र ब्रेकअपको पीडाबाट बाहिर निस्कन चाहनुहुन्छ भने यी टिप्स अपनाएर, तपाईँ नयाँ सुरु गर्न सक्नुहुन्छ।

Here is How to Survive a Breakup And Get Over Your ex-Partner

आफूलाई व्यस्त राख्नुहोस् :

ब्रेकअपपछि आफ्नो टुटेको सम्बन्धबारे सोच्न बन्द गर्नुहोस्। यो गर्न गाह्रो छ तर असम्भव भने छैन। आफूलाई व्यस्त राख्नुहोस् अन्य कुराहरूमा ध्यान दिनुहोस्। यसले तपाईँको ध्यान हटाउँछ र तपाईँलाई आफ्नो ब्रेकअप र पहिले बिताएका पलहरुको यादबाट बाहिर निकाल्छ ।

ब्रेकअपपछि तपाईँले आफ्ना पुराना बानीहरु छोड्नुहोस् । जस्तैः सोही क्याफे वा ठाँउहरुमा जाने बानीहरू छोड्नुहोस्, जहाँ तपाईँ पहिले आफ्नो पार्टनरसँग जानुहुन्थ्यो ।

किनभने टुटेको मुटुलाई साना–साना कुराहरुले पनि फरक पार्दछ । यसबाहेक, तपाईँसँग आफ्नो पहिलेका धेरै चिजहरू र उपहारहरू हुन सक्छन्। यदि तपाईँ नयाँ सुरु गर्न चाहनुहुन्छ भने यी चीजहरूलाई आफूबाट टाढा राख्नुहोस् ।

ब्रेकअप टिप्स

परिवार र साथीहरूलाई समय दिनुहोस् : 

ब्रेकअपपछि मानिसहरू एक्लै बस्न चाहन्छन् । आफ्नो टुटेको सम्बन्धको बारेमा साथी वा परिवारसँग कुरा गर्न मन पराउँदैनन् ।

उनीहरू यसलाई आफ्नो दिमागमा गल्तीको रूपमा सोच्न थाल्छन्, तर यस्तो समयमा तपाईँ आफ्नो परिवार र साथीहरूसँग हुनु आवश्यक छ।

यस्तो समयमा आफ्ना परिवार र साथीहरूसँग बढी समय बिताउनुहोस् । पिकनिक वा यात्राको योजना बनाउनुहोस् र आफ्नो मुड फ्रेस बनाउने प्रयास गर्नुहोस् ।

Breakup pain: why does it hurt me so much?

जीवनमा नयाँपन ल्याउनुहोस् : 

जब तपाईँको जीवनमा केही नयाँ हुन्छ, तपाईँ त्यसको लागि उत्साहित हुनुहुन्छ। ब्रेकअपपछि, यो तर्क अपनाएर केही नयाँ गर्ने प्रयास गर्नुहोस् ।

जस्तो कि तपाईँ केही नयाँ कुरा सिक्न चाहानुहुन्छ भने आफ्नो समय त्यसमा खर्च गर्न सक्नुहुन्छ।

आफ्नो प्राथमिकताअनुसार नयाँ सीप, तालिम वा पाठ्यक्रममा सामेल हुनुहोस् । यसले तपाईँको भविष्यलाई पनि फाइदा पुर्‍याउँछ र जीवनमा जिज्ञासा बढाउँछ।

नयाँपनको मतलब ब्रेकअपपछि तुरुन्तै अर्को सम्बन्धमा आउनु भन्नेचाहिँ होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?