आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै

लोकपथ
377
Shares

पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदै छ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दीको सामना गर्नेछ ।

मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

विजेता टिमले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?