पतिसँग आफ्नो संगीतमा मौनी रोयको ठुम्का, हेर्नुहोस् मेहेन्दीको अनसिन फोटो

लोकपथ
1.1k
Shares

काठमाडौं । मौनी रोयले आज आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गरेकी छिन् । दुवैले गोवामा डेस्टिनेसन विडिङ गरेका हुन् ।

उनीहरूको विवाहमा सहभागी हुन बलिउडका धेरै स्टार पुगेका छन् । उनीहरु दुवैको विवाहपूर्व समारोहका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मौनी रॉय शादी

पहिलो तस्बिरमा मौनी सेतो सूटमा देखिएकी छिन् । तस्बिरमा उनी मेहेन्दी लगाएको देखिएकी छिन् ।

मौनीको हल्दी–मेहेन्दी समारोहका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा उनी आफ्ना साथीहरूसँग रमाइलो गरिरहेको देखिएकी छिन् ।

Mouni Roy Wedding

मन्दिरा बेदीले इन्स्टाग्राम स्टोरीमा मौनी रोय र सूरज नाम्बियारको मेहेन्दी समारोहका तस्बिरहरू सेयर गरेकी छन्। यो तस्बिरमा मौनीले सुरजमाथि फूलको वर्षा गरिरहेकी छिन् । दुवै जोडीले सँगै निकै रमाइलो गरिरहेका छन् ।

Mouni Roy Wedding

मौनी रोयको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी नाच्दै देखिएकी छिन् । पहेँलो लेहेंगा र ब्याकलेस चोलीमा ग्ल्यामरस देखिएकी मौनी रोय आफ्नो प्रेमीसँग ‘मेहन्दी है रचने वाली’ गीत गाउँदै छिन् ।

Mouni Roy Wedding

Mouni Roy Wedding

मौनी रॉय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?