११ चैत्र २०७९, शनिवार

नागरिकता त्यागेका पनि उम्मेदवार सिफारिस

२०७४,आश्विन,२६,बिहीवार ०१:५९

0
Shares

सिन्धुपाल्चोक, २६ असोज- लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ । अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेर कांग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ । नेपाली नागरिक नै नभएकालाई समानुपातिकमा सिफारिस गरेपछि कांग्रेस सिन्धुपाल्चोकका नेता–कार्यकर्ता अचम्मित भएका छन् ।क्षेत्र नम्बर १ बाट कांग्रेस नेता हरिशरण श्रेष्ठसहितका नाम मात्रै क्षेत्रीय समितिले सिफारिस गरेको थियो । तर, जिल्ला समितिले मोक्तानको नाम दुई नम्बरमा सिफारिस गरेर केन्द्रमा पठाएको खबर राजधानीमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०१:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११