कोरोनाबाट सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमित वृद्धको आज बिहान मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–५ का ६२ वर्षका वृद्धको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।

आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?