आगामी दिनमा एमाले थप बलियो बन्ने दावी

लोकपथ
52
Shares

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीले पाएको मतबाट एमाले उत्साहित देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले नतिजाले एमाले आगामी दिनमा बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा एमाले थप सुदृढ हुने आधार यस निर्वाचनले संकेत गरेको छ’, बुधबार राति उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको समेत बताएका छन् । उनको भनाइ छ, ‘किनकी बहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन्। ’

एमालेका अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएका भएको बताउँदै उनले यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको देखिएको दावी गरेका छन् । उनले एमाले अझै पनि राष्ट्रियसभामा पहिलो दल नै रहेको समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?