१२ जेष्ठ २०७९, बिहीवार

समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन नपर्ने आदेश

२०७८,माघ,१२,बुधबार २१:१२

0
Shares

सर्वोच्च अदालतले नेपालको संविधान जारी भए पनि सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत भएको उल्लेख गर्दै समायोजन भएका कर्मचारीलाई पुनःसङ्घीय निजामती सेवामा फर्काउन नपर्ने निर्णय गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले आज समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई सङ्घमा ल्याउन नपर्ने फैसला सुनाएको हो ।

“समायोजित भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको हकमा फराकिलो वृत्तिविकासको अवसरको सुनिश्चितता, वर्गीकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता गराउनु”, फैसलामा भनिएको छ, “त्यसको अभिलेख व्यवस्थापन तथा समायोजनका सम्बन्धमा देखापरेका गुनासोको सम्बोधनलगायत सकारात्मक उत्प्रेरणाका लागि आवश्यक नीतिगत कानूनी र व्यवस्थापनीय प्रबन्ध गर्नु ।”

त्यस्तै सर्वोच्च अदालतले लोकसेवा आयोगबाट विज्ञापन गरिएको पदको अन्तिम नजिता रोक्ने सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत भदौ ३ गतेको निर्णय बदर गरी विज्ञापनको परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको छ । अदालतले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्नेसमेत कार्य यथाशीघ्र गर्नु भनी सरकारका नाममा परमादेश गरेको छ ।

प्रकाशित मिति: २०७८,माघ,१२,बुधबार २१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा

काठमाडौं । देशकमा ११ उपमहानगरपालिमा मध्ये १० वटाको मत गणना सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । अब तुलसीपुर उपमहानगरपालिकाको

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहाले जित हात पारेका छन् । मत गणना सकिन बाँकी नै रहँदा

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५